पोखरा महानगर न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नहरुलाई  छानविन गरी कारबाही गर्न माग

पाेखरा | मंसिर २९, २०८०

पोखरा महानगर न्यायिक समितिद्धारा आर्थिक लेनदेनमा संलग्नहरुलाई  छानविन गरी कारबाही गर्न माग

पोखरा:   पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचारप्रति महानगर न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 


पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक  विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न सञ्चार माध्यममा प्रशारण र प्रकाशित समाचारमा न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचार प्रति न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।


समिति सदस्य  भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार श्रेष्ठ दोश्रो पक्ष रहेको बाटो निकास खुलाई पाउँ भन्ने विवादका निवेदक रविन श्रेष्ठसंग सो विवादमा दुुई९२० मिटर बाटो दिलाईदिन्छु भनि रकम लेनदेन गरेको भन्ने समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको र पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समितिको सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्वन्धित रहेको भनि उल्लेख भएको आरोप प्रति आपत्ति प्रकट समेत गरेको छ । 


विज्ञप्तिमा भनिएकोछ,“हामी न्यायिक समिति संयोजक, सदस्य लगायत समितिको सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्वकर्मचारीहरु यस्तो घृणित कार्यमा संलग्न नरहेको स्पष्ट गर्दछौ ।”


आर्थिक लेनदेन भएको समाचार २०८० मंसिर २२ गते शुक्रबार राती प्रशारण भए पछि शनिबार विहान १०ः३० बजे लेनदेनमा संलग्न भएको भनिएकी न्यायिक समिति सदस्य  भावनाले समितिका संयोजक मञ्जुदेवी गुुरुङ समक्ष राजीनामा दिइ सकेको र सो राजीनामाको विषयमा सोही दिन अपरान्ह ४ः३० बजे न्यायिक समिति सचिवालयको बैठक बसी राजीनामाका विषयमा र प्रशारण÷प्रकाशन भएका समाचारहरुका विषयमा आवश्यक छानविन गरी प्रचलित कानुन अनुसार कारबाहीको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।


यस्तै न्यायिक समिति संयोजक, सदस्य, समितिको सचिवालयमा कार्यरत कर्मचारीले संयुक्त रुपमा मंसिर २७ गते पोखरा महानगरपालिकाका प्रमुख समक्ष आर्थिक लेनदेनमा संलग्नहरुलाई  छानविन गरी आवश्यक कानुनी कारवाहीको माग गर्दै लिखित निवेदन दिएको समेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ । 


 

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...

थप पढ्नुहोस्